राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित, शर्मा पराजित

0
Shares

राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार युवराज शर्मा पराजित गर्दै दाहाल निर्वाचित भएका हुन।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार पराजित भएका हुन् ।

बैठकमा ५६ सांसद उपस्थित रहेकोमा दाहालको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत पर्‍यो ।

सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका थिए।

बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।