इन्फिनिटी लघुवित्तले सार्वजनिक गर्यो प्रगतिउन्मुख वित्तीय विवरण

0
Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तका अधिकांश वित्तीय सूचक सकारात्मक रहेका छन् ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनमा लघुवित्तले ३ करोड ३४ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १५८.१६ प्रतिशत बढी हो । गत बर्ष लघुवित्तले पुस मसान्तसम्ममा १ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो। लघुवित्तको ब्याज आम्दानी झण्डै शतप्रतिशत तथा सञ्चालन मुनाफा १६०.७८ प्रतिशत बढेको छ।

कम्पनीको संचालन नाफा पनि २ करोड ३ लाख रुपैयाँबाट बढेर ५ करोड ३१ लाख पुगेको छ । समीक्षा अवधिसम्म ६१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले एक अर्ब १५ करोड बैंकहरुबाट सापट लिएको छ । जसबाट ७ करोड ८१ लाख रुपैेयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको चुक्तापुँजी १४ करोड बाट २२ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने यस अवधिमा जगेडा कोषको आकार समेत २७०.८५ प्रतिशतले वृद्धि भई १ करोड ८३ लाख रुपैयाँ बाट ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा भने ०.९० प्रतिशत बाट बढेर १.३६ प्रतिशत पुगेको छ। संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी २९.३४ रुपैयाँ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७५ पैसा तथा मूल्य आम्दानी अनुपात १९.१५ गुणा छ ।