आगामी दुई वर्षमा मधेश प्रदेशमा बीमाको दायरालाई २५% पुर्याइने

0
Shares

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको रौतहट जिल्लाको गौर नगरपालिकामा मङ्गलबार बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाका उप–प्रमुख शैल कुमारी साहले बीमा सम्बन्धी कार्यक्रम आयोजना गरी बीमा सम्बन्धी सबै विषयमा जानकारी दिएकोमा नेपाल बीमा प्राधिकरणप्रति आभार प्रकट गरिन् ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशमा हाल ९ प्रतिशतमा सीमित रहेको बीमाको दायरालाई आगामी दुई वर्षमा २५ प्रतिशत पु¥याउने लक्ष्यका साथ छुट्टै प्याकेज बनाएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए ।

निर्देशक लालले बीमाले बचत सँगसँगै जोखिमको आर्थिक सुरक्षा समेत गर्ने भएकाले बीमाको विकास एवम् विस्तारलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै निर्देशक लालले बीमा दावी भुक्तानीलाई सहज बनाउन प्राधिकरणले सीमित कागजातका आधारमा छिटोछरितो रूपमा साना दाबी भुक्तानीको व्यवस्था गरेको स्पष्ट पारे ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बीमा दाबी भुक्तानीमा समस्या रहेको उल्लेख गदै बीमाको पहुँच विस्तारका लागि नगरपालिकाले बीमा सम्बन्धी कार्यक्रम ल्याउने जानकारी दिए ।

कार्यक्रममा गौर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।