माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १०% छुट दिने

0
Shares

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १०% वा बढिमा २०० रुपैयाँ सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० सम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक विगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी शाखामा उपलव्ध रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।