स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ

0
Shares

स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहु“च पु¥याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ शुरु भएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहु“च पु¥याउने उद्देश्यले महायज्ञ मार्फत राहत संकलन गर्न लागिएको हो ।

पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्धारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए ।

महायज्ञबाट उठेको रकमबाट विपन्न बर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न क्ष्ँेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।