सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

0
Shares

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रममो मस्यौदा तयार परेको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा (एमाले)का उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए । उनले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए।

उनले कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए। उनले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौति समाधान, आम मानिसहरुमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको जानकारी दिए।

संयोजक पौडेलले राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए । उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरुले गर्ने बताए।

उनले भने ‘‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौं । न्यूनतम साझा कार्यक्रम तयार भएको छ । आजै कार्यदलले प्रमुख नेताहरुलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौं ।

साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास समृद्धिक, अर्थतन्त्रका चुनौति समाधान गर्ने, आम मानिसहरुमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने र समग्रतामा राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकाश पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय समावेश छन् । हामीले अन्तिम रुप दिएका छौं । आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरुले गर्नुहुन्छ ।’’उनले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए।

कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जनता समाजवादी पार्टी (जसपा)बाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।