ब्याज र गैर संचालन खर्चको भार बढ्दा सिद्धार्थ बैंकको नाफामा गिरावट

0
Shares

सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको ब्याजखर्च र गैर संचालन खर्चको भार बढ्दा नाफामा गिरावट आएको हो ।

पुस मसान्तसम्म बैंकले एक अर्ब २ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिमा बैंकको खुद नाफा एक अर्ब ६ करोड ९४ लाख थियो । बैंकको नाफा ४ करोड २८ लाख अर्थात चार प्रतिशत घटेको हो ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा कायम भएको छ । ६ महिनाको बैंकको वितरण योग्य नाफा ५७ करोड ४९ लाख रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १२ अर्ब थपिएको छ भने कर्जा १४ अर्ब बढीले विस्तार भएको छ । बैंकले एक खर्ब २६ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १८ अर्ब कर्जा परिचालन गरेको छ । जसबाट २ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरको छ । जुन समीक्षा अवधिको तुलनामा ४९ करोड बढी हो ।

बैंकको कोषको लागत बढ्दा ब्याज खर्च ९८ करोडले बढेको छ । बैंकको फि तथा कमिशन तथा गैर संचालन खर्च बढ्दा नाफा घट्न पुगेको हो । जसको गैर संचालन खर्च नै ३७ करोडले बढेको छ ।

९ अर्ब ७८ करोड ७७ लाख चुक्ता पूँजी कायम गरेको बैंकको रिजर्भ कोष र रिटेन अर्निङमा गरी करिब ५ अर्ब जम्मा गरेको छ ।
यस अवधिमा बैंकले खराब कर्जा घटाएर १.५५ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात १४.६५ गुणा छ । बैंकको लागत ७.४२ प्रतिशतबाट ७.२७ प्रतिशतमा झरको छ, आधार ब्याजदर १०.०४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत छ ।