महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूहका सेयरधनीहरुको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्तको सेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिइएको छ । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले केन्द्रीय कार्यालय सागाँ, काभ्रेपलाञ्चोक वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लेखनाथमार्ग, ठमेल, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले आफूले खरिद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई ३५ दिनभित्र निवेदन पेस गर्नु पर्ने छ । संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित नियमानुसार संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति बा संस्थालाई शेयर बिक्रीका लागि आवश्यक कारबाही अघि बढाइने बताइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया