कुमारी बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र टिका कुमारी खड्काको नाममा रहेको ६०३ कित्ता गरी कुल ३ लाख ४ हजार ७२१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामीमा अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।

३५ दिन भित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने उक्त सेयर संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।