सुनको भाउमा नयाँ रेकर्ड, एक तोलालाई १ लाख २७ हजार ८०० पर्ने


सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । फागुन २७ गते १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुनको भाउले बिहीबार उक्त रेकर्ड तोडेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज एकैदिन प्रतितोला २६ सय रुपैयाँले बढेको हो।
बुधबार छापावाला सुनको भाउ १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २०३ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।