निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल

0
Shares

निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको आठौं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको छ ।

काठमाडौंमा सम्पन्न संघको ८ औं वार्षिक साधारण सभाबाट नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका राजेन्द्र मल्लको नेतृत्वमा नेपाल निर्जीवन बीमा व्यवसायी संघको कार्यसमिति गठन भएकाे हाे । मल्ल प्रभु इन्स्योरेन्सको तर्फबाट निर्वाचित भएका हुन् ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल निर्वाचित हुँदा उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल र महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठचयन भएका छन् । यसैगरी संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला निर्वाचित भए ।

संघको ८ औं वार्षिक साधारण सभाबाट यूनाइटेड अजोडका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरलका कुनाल कयाल सदस्यहरूमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको अवधि २ वर्षको हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।