माछापुच्छ्रे बैंकद्धारा विद्यालयमा ८ वटा शौचालय निर्माण


माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विहिबार एक कार्यक्रमका वीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

१ हजार ८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको जनाएको छ । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।