चालु आवको ६ महिनामा नेप्सेमा थपियो करिब १६ अर्बको बोनस

0
Shares

चालु आर्थिक वर्ष सुरु (साउन) भएयता ४१ कम्पनीले शेयरधनीलाई वितरण गरेको १५ अर्ब ८२ करोड २४ लाख ५७ हजार १२३ रुपैयाँ बराबरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

यो चालु आवको ६ महिनामा सूचीकृत भएको बोनसको तथ्याङ्क मात्र हो। हकप्रद र डिबेञ्चर जोड्ने हो भने धितोपत्र बजारमा थपिएको शेयर संख्या अझै धेरै हुन आउँछ।

यसरी बोनस सूचीकरण गर्ने कम्पनीहरुमध्ये ९ कम्पनीले गत आव २०७५/७६ को मुनाफाबाट वितरण गरेको बोनस लाभांश सूचीकरण गराएका हुन् भने ३२ कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको बोनस सूचीकरण गरेका हुन्।

कूल ४१ वटा कम्पनीहरुको १५ करोड ८२ लाख २४ हजार ५७१ दशमलव २३ कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि नेप्सेमा सूचीकृत गरि शेयरधनीको डिम्याट खातामा पठाइसकेका हुन्।

गत आव २०७५/७६ को मुनाफाबाट लाभांश वितरण गरेका कम्पनीहरुमा एनआईसी एशिया बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, ग्लोबल आईएमई बैंक, फस्ट माइक्रोफाइनान्स, माछापुच्छ्रे बैंक, ओरियण्टल होटल र बैंक अफ काठमाण्डू रहेका छन्।

यसैगरि आव २०७४/७५ को बोनस सूचीकरण गरेका कम्पनीहरुमा एनएमबि बैंक, प्राइम बैंक कर्मर्सियल बैंक, एनसीसी बैंक, सिभिल बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, लुम्बिनी विकास बैंक, देव विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक(हाल शाईन रेसुङ्गामा विलय भैसकेको छ), एनएमबि माइक्रोफाइनान्स, छिमेक लघुवित्त, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेपाल लाईफ, नाडेप लघुवित्त, नागबेली लघुवित्त, किसान माइक्रोफाइनान्स, जनउत्थान लघुवित्त, कालिका माइक्रोफाइनान्स, मिथिला लघुवित्त, उन्नति माइक्रोफाइनान्स रहेका छन्।

यसैगरि नागरिक लगानी कोष, प्राइम लाईफ, नेपाल इन्स्योरेन्स, नेको इन्सोरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सिद्धार्थ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, राधी विद्युत, र अपि पावर कम्पनीले पनि आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गरेका बोनस साउन यता नै नेप्सेमा सूचीकरण गराएका हुन्।

हेरौं नेप्सेमा कुन-कुन कम्पनीको कति कित्ता बोनस कुन मितिमा गरे सूचीकरण:-