मानुषी लघुवित वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवितले चैत्र ३० गते शुक्रवार, बिहान साढे १० बजे होटल उग्रचण्डी, बनेपा नगरपालिका वडा नं.७, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो ।
सभाले यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ ।
यस्तै सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।
पाँचौं वार्षिक साधारण सभामा भाग लिने प्रयोजनका लागि चैत्र १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार चैत १८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया