राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु प्रा. शिवराज अधिकारी, डा. अरनिको पाण्डे, प्रा.संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महतले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।
सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया