मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चैत २९ गते होटल पौवा, सिद्धार्थनगर ६, रुपन्देहीमा दिउँसो १ बजे सभा बोलाएको हो ।
सभाले समता घरेलु लघुवित्त र मनकामनाको शेयर आदान प्रदान दर, प्रारम्भिक समझदारीपत्र तथा प्राप्ति सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन लगायतका प्रस्ताव पारित गर्ने छ ।
यस्तै सभाले अन्तिम सम्झौतापत्र लगायत सो सम्बन्धी कार्यहरु गर्न गराउनको लागि संचालक समितिलाई अख्तियारी, प्राप्ति (एक्विजिशन) सँग सम्बन्धीत आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्ने छ ।
यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ । यसैगरी , लेखा परीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०\०८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।
लघुवित्तले छैठौं वार्षिक साधारण सभा प्रयोजनको लागि चैत १६ गतेबाट चैत २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार, चैत १५ गतेसम्म सेयरधनी मात्र साधारण सभामा भाग लिन पाउने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया