कृषि सेड निर्माणको रकम हिनामिना गर्ने ६ जना उपर भ्रष्टाचारको मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सेड निर्माणको लागि उपलब्ध गराएको रकम हिनामिना गरेको आरोपमा ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष श्री राम ईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा संचालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आ.व. २०७५/०७६ मा कृषि सेड निर्माणको लागि उपलब्ध गराएको रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराई प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्था लि.लाई गैरकानूनी लाभ पु¥याएको भन्दै ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बिगो कायम गरी जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।