स्पर्स लघुवित्तको तनँहुमा सीपमुलक तालिम

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्थाको थर्पु शाखाले सदस्यहरुको लागि आधारभुत तिन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ। 

तनँहुको म्याग्दे गाउँपालिका ४ घुम्तीमा माघ ७ गते देखि शुरु भई ९ गते समापन भएको भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका २५ जना सदस्यहरु सहभागी भएका थिए। तालिममा डल-कुशन लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो।

कार्यक्रमको समापनको क्रममा वित्तीय संस्थाका शाखा प्रबन्धक श्रृजन पाण्डेले वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह मात्र नगरी यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन, बचत गर्न तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्दै आइरहेको साथै यस्ता शिपमुलक तालिमहरु आगामी दिनहरुमा समेत सञ्चालन गरिने बताए।

स्पर्सको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

स्पर्स लघुवित्तले आ.व २०७६/२०७७ को अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित पोखरा भिलेज रिर्सोटमा माघ १० गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को दोस्रो त्रैमाससम्म कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले भोगेको समस्या तथा लघुवित्तका अवसरहरुको बारेमा जानकारी गराएका थिए ।

लेखापरीक्षण विभाग प्रमुख खेमराज लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।