यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरु सन्दीप खेतानको नाममा ९९ हजार ४११ कित्ता, जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता सेयर ब्रिकीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७० रुपैयाँ तोकिएको छ । संस्थापक सेयर खरिदको लागि ३५ दिनको समयसिमा दिइएको छ । संस्थापक सेयरधनीले ३५ दिन भित्र इन्स्योरेन्सको प्रधान कार्यालय सि.टि.सि मल सुन्धारा, काठमाण्डौंमा आवेदन दिनुपर्ने छ ।
संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनी महानुभावहरुको इच्छा जाहेर हुन नआएमा वा सबै शेयर खरिद गरी लिन निवेदन नपरेमा बाँकी रहेको शेयर कित्ता प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारवाही अघि बढाइने बताइएको छ । शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताको लागि आवेदन गर्न सकिने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया