प्रभु बैंकका सातै प्रदेशका १३० भन्दाबढी शाखाद्धारा वित्तीय कार्यक्रम सञ्चालन

0
Shares

प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक –२०२४’ अन्र्तगत सातै प्रदेशका १३० भन्दाबढी शाखाद्धारा वित्तीय कार्यक्रम सञ्चालन गरेको छ ।

“प्रोटेक्ट योर मनी, सेक्यूर योर फ्यूचर” भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८० चैत्र ५ गतेदेखि आरम्भ भई चैत्र ११ मा सम्पन्न भएको हो । बैंकले आफ्ना विभिन्न शाखा मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, साईकल र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरि आयोजना गरिएको छ ।

बैंकले “प्रोटेक्ट योर मनी, सेक्यूर योर फ्यूचर” भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिङ्क कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्तरगत वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।

बैंकको आफ्नो निम्न शाखा सञ्जालहरुबाट “प्रोटेक्ट योर मनी, सेक्यूर योर फ्यूचर” भन्ने नाराका साथ कार्यक्रम गरिएको छ । बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा ब।ढ ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

कार्यक्रम सञ्चालन भएका शाखाहरुः–

‘ग्लोबल मनी विक –२०२४’ अन्तरगत बैंकको लो घेकर दामोदर कुण्ड, हरिचोक, लोमान्थ्याङ, काकरभिट्टा, रौतामाई, मंगला, चोरमारा, धौलागिरी, माछापुच्छ्रे, मझगवा, सन्दकपुर, विरेन्द्रबजार, काठेखोला, मुक्तिनाथ, बरेङ, रघुगङ्गा, मुर्गिया, पाल्पा, बज्रबाराही, कुश्मा, परोहा, भण्डारा, बारपाक, बारादी, तिनपैनी, विरेठाटी, मनाङ, भिमाड, बेनी, टिकापुर, बुर्तिबाङ, जुम्ला खलँगा, निजगढ, नयाँरोड, गौशाला, कटारी, गौर, भरतपुर, चतरा, जोमसोम, वालिङ, चेपेटार, भिमफेदी, लामीडाँडा, बडीगाड, हलेशी, तामानखोला, मलारानी, रानीबास, बासगढी, गोपीगञ्ज, पदमपुर, लम्की, ओखलढुंङ्गा, नारायणगढ, लालबन्दी, कुरिनटार, बट्टार, गोडाइटा, गाईघाट, दामन, मनहरी, मलंगवा, बरथवा, पालुङटार, वीरगञ्ज, साफेबगर, बिहाडी, लिवाङ, बयलबास, हतुवागढी, बर्दिवास, दोलालघाट, भोजपुर, चन्द्रनिगाहापुर, ताराखोला, खाँदबारी, जनकपुर, तौलिहवा, तालचोक, फुङ्गलिङ, बरियापट्टी, अमरसिंह चोक, ग्रामथन, डुम्रे, निसिखोला, इनरुवा, प्याउली, प्रगतीनगर, पथरी, सन्दीखर्क, चन्द्रगढी, महेन्द्रनगर, अमुवा, लायन्सचोक, बाझपाटन, गुलेरिया, पर्सा, रुकुम, श्रीनगर, फिदिम, विजयनगर, गरुडा, शान्तिपुर, डिमुवा, मनिग्राम, दमक, विराटनगर, धाकदही, बर्दघाट, खर्पूनाथ, लुम्बिनि, कोहलपुर, गोर्खा, बगर, लमही, दिक्तेल, गलकोट, एकडारा, विरौटा, पोखरा, इटहरी, घोराही, मुखियापट्टी, बेशीशहर, बाग्लुङ, तमघास, भैरहवा, धनगढी, विर्तामोड, अमरपथ लगायतका शाखाहरुमा कार्यक्रम सञ्चालन गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।