हिमालयन बैंक सहित दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

हिमालयन बैंक, नागबेली लघुवित्त र डिप्रोक्स लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । तीनै कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १३ गते सोमबारदेखि शेयरधनी दर्ता खारेज बन्द गर्दैछन् ।

हिमालयन बैंक

हिमालयन बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभाले लाभांश पारित गर्नुका साथै सञ्चालकहरुको निर्वाचन गर्नेछ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार माघ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

नागबेली लघुवित्त

नागबेली लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश पारित गर्न माघ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै बोनस वितरणपछि चुक्ता पुँजीको ४ बराबर १ (२५ %) अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ भने संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारणमा रुपान्तरण गर्नेछ ।

डिप्रोक्स लघुवित्त

साधारण सभा प्रयोजनार्थ डिप्रोक्स लघुवित्तले माघ १३ गते बुक क्लोज गर्नेछ । स्थाको ४५ प्रतिशत लाभांश पाउन पनि आइतबार (माघ १२ गते) सम्म शेयरधनी कायम हुनुपर्नेछ ।

साधारण सभा प्रयोजनका लागि डिप्रोक्सले माघ १३ गते सोमबारदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ । डिप्रोक्सले माघ २६ गते सभा बोलाएको छ।

लघुवित्तले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।