प्रभु इन्स्योरेन्सको बुकक्लोज पश्चात शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले प्रभु इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै माघ १० गते शुक्रबार शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ४०० रुपैयाँ ९५ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको हो। यसअनुसार अब आइतबार सोही मूल्यलाई आधार मानेर नेप्सेमा कारोबार खुल्नेछ।

प्रभु इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश अनुमोदन गर्न माघ २४ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ। सोही साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ १० गते बुकक्लोज गरेको हो।

बोनस शेयर पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।