ज्योति लाइफ इन्स्योरेन्सले बढाउँदैछ छबी, व्यवसायमा आकर्षक बढोत्तरी

0
Shares

ज्योति लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायको आकारमा वृद्धि गर्दै आफ्नो छबीमा सुधार गर्दै लगेको छ । बीमा समितिबाट नयाँ जीबन बीमाको कारोबार गर्न इजाजत पाएको यस कम्पनीले दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा आफ्नो अधिकांश सूचाङ्कमा सुधार गरेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रकाशन गर्ने पहिलो बनेको यस कम्पनीले ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन गत आवको यसै अवधिको तुलनामा १३४.६९ प्रतिशत अर्थात ४१ करोड ६३ लाखले वृद्धि गरेको हो। गत आवको यसै अवधिमा कम्पनीले ३१ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।

चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीले यस अवधिमा आफ्नो मुनाफा पनि सोही अनुसार बढाउँदै ६ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । यससँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९० पैसा कायम भएको छ । 

इन्स्यारेन्स कम्पनीले कमाएको नाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ४४ लाख ३७ हजार बढी हो। सो समयमा कम्पनीले ६ करोड ४४ लाख ६३ हजार रुपैयाँ नाफा थियो।

इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ३२ करोड ८९ लाखबाट बढेर १ अर्ब २० करोड ८१ हजार र जगेडा कोष १७ करोड १८ लाखबाट मा ३३ करोड ४६ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ। त्यसैगरी, इन्स्योरेन्सको महा विपत्ती जगेडा पनि १ करोड ८० लाखबाट ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

इन्स्योरेन्सले यस अवधिसम्ममा २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र २६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जामा ऋण प्रवाह गर्दा ७ करोड ६२ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । यसरी कम्पनीले लगानी कर्जा तथा अन्यबाट ५ करोड ७३ लाख र बीमालेख धितोपत्रबाट १७ लाख १० हजार आम्दानी गरेको जनाएको छ ।

दोस्रो त्रैमासमा मात्रै ९ हजार ९९५ वटा बीमालेख जारी गरेको यस कम्पनीले पुस मसान्तसम्ममा ३६ हजार ६६३ वटा बीमालेख जारी गरेको छ । यस अवधिसम्ममा कम्पनीले २ अर्ब ५ करोड ३९ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सले १९ दाबी बापत ४६ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी नरहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले ६६ करोडको प्राथमिक शेयर जारी गरेर २ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नेछ । बीमा समितिलेजीबन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब पूँजी कायम गनुपर्ने तोकेको छ।