सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।
बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चैत ८ गते १ लाख २७ हजार ८०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी १ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १९५ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।
बुधबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस सुन २ हजार १७७ दशमलव ९८ डलरमा कारोबार भएको थियो भने प्रतिऔंस चाँदी २४ दशमलव ४४ डलरमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया