प्रभु बैंकको धकधइ शाखा सञ्चालनमा, शाखा सञ्जाल २०५ पुग्यो

0
Shares

 

प्रभु बैंकले माघ १२ गते देखि रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका स्थित धकधइमा  २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको धकधइ शाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् ।

बैंकको धकधइमा शाखा कार्यालयको समुद्घाटन गर्दै यादवले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गर्ने बैंकले जनाएको छ ।

शो शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।