नेपाललाई भारतीय टोली गुजरातको झिनो रनको लक्ष्य


भारतमा जारी त्रिकोणात्मक टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ९९ रनको झिनो लक्ष्य पाएको छ ।

सिरिज खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीविरुद्ध भारतको राज्य स्तरीय टोली गुजरातले १८.२ ओभरमा ९८ रन बनाउँदै अलआउट भएको हो ।

नेपालका लागि गुल्सन झा एक्लैले चार विकेट लिए । यस्तै, करण केसीले पनि दुई विकेट हात पारे । नेपालले टस जितेर गुजरातलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।