अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्ता नियुक्त

0
Shares


अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले निष्कासन गर्ने आईपिओको दुई क्यापिटल कम्पनीले प्रत्याभूत गर्ने भएका छन्।

अजोड इन्स्योरेन्स, ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलबीच माघ १२ गते आइतबार शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ।

उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता प्राथमिक शेयर जारी गर्नेछ । गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले आईपिओ निष्कासनका लागि यसअघि नै एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । अजोड इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ ।