सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


सोमबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री दर १६८ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८४ पैसा र बिक्री दर ८७ रुपैयाँ २३ पैसा रहेको छ ।

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा र बिक्री दर २८ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ चैत २०८०, सोमबार  ०७ : ४८ बजे