सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, अब एक तोला सुन किन्न १ लाख ३१ हजार ६०० खर्चिनुपर्ने


सुनको भाउले पुन: नयाँ रेकर्ड कायम गरेको छ । चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले सोमबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । सोमबार सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो ।

आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २५८ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव १५ डलरमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।