सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज देखि आन्तरिक ऋण पनि उठाउने

0
Shares

नेपाल राष्ट्र बैंकले सरकारका लागि उठाउदै आएको आन्तरिक ऋण आजदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ ।

हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण चैत्र १९ (आज) देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन भएको हो ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर ०८० चैत १९ देखि सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन त्रिपुरेश्वर स्थित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने जानकारी दिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनकै लागि सरकारले उक्त कार्यालयको स्थापना गरेको हो । हाल यो कार्यालयले बाह्य ऋण उठाउदै आएपनि आन्तरिक ऋण उठाउने काम गरेको थिएन । तर, भुक्तानीको काम भने गर्दै आएको थियो । अहिले आएर आन्तरिक ऋण संकलनको काम पनि कार्यालयले सुरु गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।