नक्कली भ्याट बिलबाट २४ करोड राजश्व छल्ने दुई कम्पनी विरुद्ध मुद्धा

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मुल्य अभिवृद्धी कर विजक प्रयोगरी झण्डै २४ करोड राजश्व छलि गरेको अभियोगमा दुई कम्पनीका संचालक विरुद्ध मुद्धा दर्ता गरेको छ ।

आयोगले रेजित इन्टरनेशनका सञ्चालक सञ्जिव मास्के र हनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालत र ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो।

विभागका अनुसार गोरखा नगरपालिका स्थायी घर भइ काठमाडौं वस्ने रेजित इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केलाई १४ करोड ६० लाख विगो माग गरी मुद्धा दर्ता गराइएको छ भने मकवानपुर स्थायी घर भई काठमाडौं वस्ने हनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेलाई ८ करोड ६२ लाख विगो माग गरी ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गराइएको छ ।

रेजित इन्टरनेशन र हनुमान कन्स्ट्रक्सन लाई २३ करोड ६० लाख विगो तथा विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग गरी मुद्धा दायर गरिएको हो ।

रेजिङ इन्टरनेशनल र हनुमान कन्स्ट्रक्सन ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिल विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको आयोगको भनाई छ ।