नेप्सेमा १ करोड ५१ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चैत २० गते मंगलबार एक वाणिज्य बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टक एक्सचेञ्जका अनुसार लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सकिने छ ।

बैंकको २०८० पुस २६ गते बिहीबार सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो । साधारण सभाका लागि बैंकले पुस १९ गते बुकक्लोज गरेकाले पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र बैंकको बोनस सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।