हिमालयन बैंक सहित दुई लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार तीन कम्पनीका शेयर मूल्य समायोजन भएको छ । नेप्सेले हमालयन बैंक, नागवेली लघुवित्त र डिप्रोक्स लघुवित्तको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन बैंकको १० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य प्रतिकित्ता ५१३ रुपैयाँ ६४ पैसा तोकेको छ ।

त्यस्तै नागवेली लघुवित्तको २६ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ४६६ रुपैयाँ ६७ पैसा तथा डिप्रोक्स लघुवित्तको ३० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य प्रतिकित्ता ७९३ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

तीनै कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १३ गते सोमबारदेखि शेयरधनी दर्ता खारेज बन्द गर्दैछन् । माघ १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

हिमालयन बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। नागबेलील माघ २६ गते र डिप्रोक्सले माघ २६ गते साधारण सभा बोलाएको छ।