प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, आम सर्वसाधारणले पनि आवेदन दिन पाउने


प्रभु बैंकले १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । संस्थापक सेयरधनीमा बिक्री नभएको सेयर बैंकले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर खरिदको लागि इच्छुक व्यक्तिले आज चैत २१ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।