मर्जर प्रकृयामा रहेको आरम्भको नाफामा उच्च सुधार

0
Shares

आरम्भ लघुवित्त (AMFI) को खुद नाफामा उच्च सुधार देखिएको छ । चालु आवको ६ महिना अवधिमा लघुवित्तले ८१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा २२ लाख ५ हजार मात्र थियो। संस्थाको खुद नाफा २७१.५६ प्रतिशतले बढेको हो। 

नाफामा सुधार आएसँगै ६ करोड ४४ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानीमा उल्लेख्य रुपमा सुधार भएको छ। गत आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३५ पैसामा कायम रहेकोमा बढेर २५ रुपैयाँ ४३ पैसामा कायम भएको छ ।

यस्तै १ करोड ७३ लाख ५९ हजार जगेडा कोष रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६.९४ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा रिजर्भमा २ लाख रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्ममा लघुवित्तले १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा ४२ करोड ४५ लाख सापटी लिएर ६१ करोड ६० लाख कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा लघुवित्तले १३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४० करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

कर्जा लगानीबाट लघुवित्तले २ करोड ३९ लाख खुद ब्याज आम्दानी गरेको छ। गत आवमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ४६ लाख रुपैयाँ थियो । 

यस्तै लघुवित्तको सञ्चालन नाफा १ करोड २८ लाख रहेको छ । गत आवको यसै अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३४ लाख ६५ हजार रुपैयाँ रहेको थियो । लघुवित्तमा निष्कृय कर्जा अनुपातमा सुधार भई १.२४ प्रतिशतमा झरेको  छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २०.७९ गुणा छ। 

चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको आरम्भ लघुवित्तले जेठ २२ गते मर्जर सम्झौता गरेका थिए। मर्जरका कारण दुबै बैंकको शेयर कारोबार नेप्सेमा रोक्का रहेको छ ।