बिहीबार अमेरिकी डलरको भाउ बढ्यो


अमेरिकी डलरको भाउ सामान्य बढेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा रहेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०१ पैसा र बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  ०६ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।