थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने एक जना पक्राउ


काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अदालतको आदेशले कारागार चलान भएका थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ घर भई काठामाण्डौं महानगरपालिका वडा नम्बर १३ कलंकी बस्ने ३७ वर्षीय शिशिरकुमार भट्ट छन्। उनले कारागारबाट छुटाई दिन्छु भनेर पिडितहरूबाट ९ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। ठगी गरेको उजुरीपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि बैकिङ कसुर, वैदेशिक रोजगार जस्ता विभिन्न मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरूलाई अदालतको सेटिङमा छुटाइदिन्‍छु भनेर ठगेको आरोप छ। यस घटनामा थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  ०७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।