अर्थमन्त्रीले निर्देशन दिएसँगै प्रिमियम बाहेकका कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिइने


अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएसंगै नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई अब स्वीकृति दिइने भएको छ ।

बोर्डको अध्यक्ष रमेश हमालको कार्यकाल पुुस २० गते सकिएपछि अध्यक्षविहीन भएको बोर्डमा करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको काम रोकिएको थियो ।

अर्थमन्त्री पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न निर्देशन दिएसँगै अब भने आइपीओ निष्कासन अनुमची दिइने भएको छ ।

यद्यपी प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् । जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, ह्याम्स हस्पिटल र रिलायन्स स्पिनिङ मिल्स ९बुक बिल्डिङ० ले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन् । यी पाँच कम्पनीले तत्काललाई अनुमति पाउने छैनन् ।

बोर्डको पाइपलाइनमा आईपीओ अनुमतिको पर्खाइमा बस्ने कम्पनीहरूको संख्या ३५ ओटा पुगेको छ । आईपीओ बिक्रीको अनुमति कुर्नेमा सबैभन्दा धेरै १७ ओटा जलविद्युत कम्पनीहरु रहेका छन् । त्यस्तै अन्य समुहका ९, उत्पादन तथा प्रशोधनमुलक क्षेत्रका ५ र होटल तथा पर्यटनमुलकका २ कम्पनी रहेका छन् । यस्तै लगानी क्षेत्रको एक र एउछा लघुवित्त कम्पनी रहेको छ ।

बोर्डका अनुसार कुल ३५ ओटा कम्पनीको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता सेयर अनुमतिको पर्खाइमा रहेका छन् । ती कम्पनीहरुले अंकित र प्रिमियम मूल्य सहित कुल २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँ बराबरको सेयर जारी गर्नेछन् ।

आईपीओ जारी गर्नेमा सबैभन्दा धेरै जगदम्बा स्टील लिमिटेड र सोलु हाइड्रोपावरले २.२ करोड कित्ता सयर जारी गर्दैछन् । सबैभन्दा कम स्वस्तिक लघुवित्तले ८० हजार कित्ता सेयर जारी गर्ने अनुमति मागेको छ ।

सम्भवत शुक्रबारसम्म बोर्ड बैठक बसेर केही कम्पनीलाई आइपीओ निष्काशन अनुमती दिइने बताइएको छ । पाइपलाइनमा हाइड्रोपावर क्षेत्रका कम्पनी अधिक छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका पाँच, अन्य समूहका नौ, हाइड्रोपावर समूहका १७, होटल तथा पर्यटन समूहका दुई, लगानी समूहको एक र माइक्रोफाइनान्स समूहको एक कम्पनी छन् । कुल ११ अर्ब ४७ करोड ८७ लाख ५३ हजार ७ सय रुपैयाँको ७ करोड ४६ लाख ४७ हजार ५ सय ३७ कित्ता सेयर अनुमति पर्खाइमा छ ।

हेर्नुहोस् पाइपलाइनमा कुन कम्पनी आईपीओ कति छ ?

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  ०८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।