चार जलविद्युत कम्पनीका लागि करिब एक खर्ब लगानी स्वीकृत

0
Shares

सरकारले चार जलविद्युत् आयोजनाका लागि कुल ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।  लगानी बोर्डको कार्यालयले कुल ५९७.२० मेगावाट क्षमताका चार वटा परियोजनामा ५४ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी सहित करिब एक खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा बिहीबार बसेको लगानी बोर्डको ५७ औं बैठकले सुपर तमोर जलविद्युत आयोजना, अप्पर मोदी ‘ए’, सोलार राइजन इनर्जी र लोअर मस्र्याङर्दी आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

लागि सबैभन्दा धेरै १६६ मेगावाटको आयोजना सुपर तमोरका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ । यस्तै १३९.२ मेगावाटको लोवर मस्र्याङदी आयोजनका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ, २५० मेगावाटको सोलार राइजन इनर्जीका लागि २१ अर्ब १० करोड रुपैयाँ र ४२ मेगावाटको अप्पर मोदी ‘ए’ आयोजनाका लागि १० अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । राइजन इनर्जीमा सिंगापुर र लोअर मनाङ मस्र्याङदी चिनियाँ लगानी रहेको आयोजना हुन् ।

अर्धजलाशय प्रकृतिको आयोजना लोअर मनाङ मस्र्याङदीमा बुटवल पावर कम्पनी सहित तीनवटा चिनियाँ कम्पनी छन । सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।