युनाइटेड मोदी हाइड्रोले एजीएमबाट शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको यही चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीले कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभाले चुक्ता पुँजी बराबर अर्थात १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । बुकक्लोज अनुसार चैत ६ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनछन् ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ । युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि यससघि नै बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गत १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत आयोजना ११ वर्षदेखि सञ्चालनमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।