धितोपत्र बोर्ड अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’

0
Shares

नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम छनोट ‘सर्टलिस्ट’ गरिएको छ ।

बीमा समतिका तत्कालीन अध्यक्ष चीरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सन्तोष श्रेष्ठ सर्टलिस्टमा परेका हुन् ।

अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो । त्यसको अन्तिम म्याद ३० फागुन थियो । म्यादभित्र १९ जनाले आवेदन दिएका थिए ।

छनोटमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने छ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति सदस्यहरुमा अर्थ सचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।