चिनियाँ शेयर बजार एक साता बन्द रहने

0
Shares

चीनको शेयर बजार आगामी एक सातासम्म बन्द हुने भएको छ ।

चीन सरकारले कोराना भाईरसको संक्रमण बढेका कारण लुनार नववर्षको बिदा अवधि तीन दिन थप भएपछि चीनको शेयर बजार आगामी सोमबार सम्म बन्द रहने भएको हो ।

चीनको शेयर बजार, विश्वको दोस्रो सबैभन्दा ठूलो बजार हो । चीनीया अधिकारीहरुका अनुसार स्टक र फ्यूचर ट्रेडिंग साथै बण्ड र मुद्रा बजार फेब्रुअरी ३ तारिखदेखि सुचारु हुनेछ। तर अन्य बजारहरु भने अनिश्चतकालका लागि बन्द रहने जनाइएको छ ।

चीनमा भाइरसबाट मर्नेहरूको संख्या कम्तिमा ८० पुगेको छ र यसबाट २ हजार ७४४ संक्रमित भएको पुष्टि भएको छ ।