यस वर्ष ८ वाणिज्य बैंकले दिएनन् लाभांश, १२ ओटाले पारेनन् सेयरधनीको हातखाली

0
Shares

गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट यस वर्ष आठ वाणिज्य बैंकले सेयरधनीको हात खाली पारेका छन् । कोभिड महामारी र अर्थतन्त्रमा आएको मन्दीकाबीच १२ वाणिज्य बैंकले भने धेरथोर लाभांश दिएका हुन् ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने बैंकहरुमा प्रभु, कृषि, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र एनएमबि बैंक रहेका छन् । आर्थिक मन्दीका कारण धेरै कर्जा असुली प्रभावित भएर खराब कर्जा नोक्सनी वापतको व्यवस्था रकम बढ्दा ती बैंकहरुले मुनाफा आर्जन गरेपनि वितरणयोग्य मुनाफा नहुँदा लाभांश वितरण गर्न नसकेका हुन् ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै लाभांश एनआईसी एशिया बैंकले दिएको छ। सो बैंकले पछिल्ला दुई वर्षपछि २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिएको हो ।

यस्तै एभरेष्ट बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बै.कले १९ प्रतिशत नगद, सानिमा बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत र माछापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिशत नगद र नेपाल एसबिआई बैंकले ३.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश दिएको छ ।

Sector- Commercial Banks Stock Symbol Bonus% Cash% Total% Bookclose AGM
NIC Asia Bank Ltd. NICA 29.00 1.52 30.52 Ashoj 16, Tuesday Ashoj 28, Sunday
Everest Bank Limited EBL 10.00 10.53 20.53 Ashoj 16, Tuesday Ashoj 30, Tuesday
Standard Chartered Bank Limited SCB 0.00 19.00 19.00 Mangsir 7, Thusday Mangsir 24,Sunday
Sanima Bank Limited SANIMA 9.00 5.70 14.70 Ashoj 22, Monday Kartik 2, Thusday
Machhapuchhre Bank Limited MBL 13.30 0.70 14.00 Ashoj 8, Monday Ashoj 18, Thusday
Nabil Bank Limited NABIL 0.00 11.00 11.00 Mangsir 29, Friday Poush 12, Thusday
Nepal SBI Bank Limited SBI 3.75 6.80 10.55 Mangsir 29, Friday Poush 13, Friday
Global IME Bank Limited GBIME 1.00 8.00 9.00 Mangsir 13, Wednesday Mangsir 28, Thusday
Laxmi Sunrise Bank Limited LSL 7.00 0.37 7.37 Poush 19, Thusday Poush 26, Thusday
Citizen Bank International Limited CZBIL 0.00 5.79 5.79 Ashoj 15, Monday Ashoj 26, Friday
Rastriya Banajya Bank RBB 0.00 5.50 5.50 Poush 18, Wednesday Poush 29, Sunday
Siddhartha Bank Limited SBL 0.00 4.21 4.21 Kartik 21, Tuesday Mangsir 5, Tuesday
NMB Bank Limited NMB 0.00 0.00 0.00 Poush 6, Friday Poush 26, Thusday
Kumari Bank Limited KBL 0.00 0.00 0.00 Magh 9, Tuesday Magh 28, Sunday
Prime Commercial Bank Ltd. PCBL 0.00 0.00 0.00 Poush 19, Thusday Poush 29, Sunday
Himalayan Bank Limited HBL 0.00 0.00 0.00 Poush 20, Friday Poush 29, Sunday
Nepal Bank Limited NBL 0.00 0.00 0.00 Poush 20, Friday Poush 29, Sunday
Nepal Investment Mega Bank Limited NIMB 0.00 0.00 0.00 Falgun 24, Thusday Chaitra 20, Tuesday
Agriculture Development Bank  ADBL 0.00 0.00 0.00 Falgun 17, Thusday Falgun 30, Wednesday
Prabhu Bank Limited PRVU 0.00 0.00 0.00 Baisak 4, Monday Baisak 20, Thusday

 

यस्तै गत आर्थिक वर्षबाट लगानीकर्ताहरुलाई ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज, सिटिजन, राष्ट्रिय वाणज्य बैंक र सिद्धार्थ बैंकले दश प्रतिशतभन्दा कम लाभांश वितरण गरेका छन् । गत आवबाट ग्लोबल आईएमई बैंकले १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०. ७३ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत, सिटिजन बैंकले ५.७९ प्रतिशत नगद, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत नगद र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको हो ।

२० वाणिज्य बैंकमध्ये प्रभु बैंक बाहेक १९ ओटाले साधारण सभा सम्पन्न गरिसकेका छन् । प्रभु बैंकले बैशाख २० गते सभा बोलाएको छ भने बैशाख ४ गते मंगलबार बुकक्लोज गर्दैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।