कोरोना भाइरसका कारण छिमेकी शेयर बजारमा गिरावट

0
Shares

भारतीय शेयर बजारमा यो साता खुलेको पहिलो दिन सोमबार उच्च अंकको गिरावट आएको छ । सोमबार बम्बै स्टक एक्सचेन्ज(विएसी) परिसूचक सेन्सेक्स ४५८.०७ घटेको छ भने नेसनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि १२९.२५ अंकले घटेको छ ।

सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको शेयर बजारमा बन्द हुँदासम्म गिरावट कायम रह्यो । चीनमा फैलियको कोरोना भइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रलाई नै प्रभावित गर्ने आशंका संसारभरका धेरै शेयर बजारमा गिरावट आएको छ । सोमबारको गिरावटपछि सेन्सेक्स ४१ हजार १५५.१२ र फ्टिी १२ हजार ११९ अंकमा झरेका छन् । कोरोना भाइसरका कारण चीनले आगामी सोमबारसम्मका लागि शेयर कारोबार बन्द गर्ने जनाएको ।

सोमबार टाटाको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । बम्बै स्टक एक्सचेन्जमा सूचीकृत टाटा कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४.३१ प्रतिशतसम्मले घटेको छ । त्यसपछि सोमबार एइण्डसइण्ड बैंक, एचडीफसी बैंक, एसबिआई, पावरग्रिड तथा भारतीय एयरटेलको शेयर मूल्य घटेको हो । तर, सोमबार महिन्द्रा एण्ड महिन्द्रा, अल्ट्राटेक, टेक महिन्द्र, आइसीआइसीआई बैंक तथा एक्सिस बैंकको शेयर मूल्य १.६३ प्रतिशतसम्म बढेका छन् ।

चीनमा कोरोना भाइसर संक्रमण भएमा मानिसको संख्या बढ्दो क्रममा रहेको छ । एसियाका धेरै शेयर बजार नयाँ वर्षका कारण बन्द पनि रहेका छन् । तर, सोमबार जापानको निक्की २ प्रतिशतले घटेको छ । यूरोपको शेयर बजारमा समेत थामिन सकेको छैन ।

विशेषज्ञका अनुसार पछिल्लो सातामा चीनमा कोरोना भाइरस व्यापक रुपमा फैलिरहेको छ । यसले गर्दा समग्र विश्व अर्थतन्त्र नै प्रभावित हुने डर विश्व भरिका शेयर बजारले देखाइरहेका छन् । तर, भारतको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेट आउने तयारी भैरहेको हुँदा आर्थिक वृद्धि सुधार हुने अपेक्षा पनि शेयर लगानीकर्ताले गरेका छन् ।

यो साता भारतीय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले भारत सरकारको बजेट तथा आर्थिक सर्वेक्षणलाई हेरिरहेका छन् । आगामी साताको शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेस हुनेछ । आगामी शनिबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्नेछिन् । आगामी आर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रमा देखिएको मन्दी हटाउन सरकारी लगानी बढ्ने अपेक्षा लगानीकर्तामा रहेको छ । त्यसका साथै बजेट मार्फत उन उद्योगमा समेत राहत कार्यक्रममा पनि समावेश हुने अपेक्षा गरिएको छ ।

बजेटको दिन शनिबार पनि शेयर बजार खुल्ने

भारत सरकारले आगामी आर्थिक वर्षको बजेट शनिबार ल्याउने भएको छ । शनिबार बजेट आउने भएपछि शेयर बजार पनि खुला रहने भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । यो साता भारतीय शेयर बजारमा ६ दिन शेयर कारोबार हुने भएको छ । यसभन्दा अघि भारतीय शेयर बजारमा साताको ५ दिन मात्र कारोबार हुँदै आएको थियो ।