वार्षिक १०.२५ % ब्याज पाइने कुमारी बैंकको ऋणपत्रको बिक्री बन्द हुँदै

0
Shares

कुमारी बैंकले पुस १४ गतेदेखि बिक्री खुला गरेको १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नामक ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकले एक हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो।

कूल निष्काशित इकाइमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारण लागि तथा एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । बैंकले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने जनाएको छ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ । बैंकको ऋणपत्रमा माघ १४ गते सम्म आबेदन दिन सकिनेछ।
ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।