सेन्ट्रल फाइनान्सको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

0
Shares

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

फाइनान्सको पौष २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अब उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ। जसअनुसार कम्पनीले ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।