शाइन रेसुङ्गा बैंक पनि आरटीजीएस प्रणालीमा आवद्ध

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र नेपाल राष्ट्र बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि बैंकका ग्राहकले रकमान्तर गर्न चेक काटेर रकम जम्मा गर्नुपर्दैन । ग्राहकले सम्बन्धित बैंकमा गई एउटा फारम भरेपछि तत्कालै खातामा रकम जम्मा हुने छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले पुसदेखि लागु गरेको यो प्रणाली प्रदेश ५ का विकास बैंक मध्ये शाइन रेसुंगाले पहिलोपटक लागु गरेको हो ।

एक महिना अघि राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सातवटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तारको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।