प्रभु बैंकको शाखा संख्या ३०२ पुग्यो, पोखराको नयाँगाउँमा नयाँ शाखा


प्रभु बैंक लिमिटेडले पोखराको नयाँगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच उक्त शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा सञ्चालनमा आएको शाखा ३०२ औं शाखा हो । बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उक्त शाखाको औपचारिक सुरुवात गरेकी हुन् ।

बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन गर्दै गौचनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताइन् । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनको भनाई थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।

प्रभु बैंकले नेपालभरका ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैकिङ सेवा प्रवाह गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।