नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने

0
Shares

नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी २०२० हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा काठ तथा काठजन्य सामाग्रीहरुको प्रदर्शनी हुने भएको हो । 

नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको छैठौं संस्करण २०७६ माघ १७, १८ र १९ गते काठमाडौंको भृकृटीमण्डपमा हुने भएको हो ।

सो प्रदर्शनीमा संसारका विभिन्न देशका २ सयभन्दा बढि ख्यातीप्राप्त ब्राण्डहरुका १ सय ५० बढि स्टल रहने छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी गरिएको आयोजनकले जनाएको छ ।

प्रदर्शनीमा काठका सामान बनाउने मेसिन, पावर टुल्स, डोका तथा झ्याल, काठका सामाग्री, कच्चा पदार्थलगायतको समेत उल्लेखनीय सहभागिता रहनेछ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टिरियर डिजाइनरहरुको समेत सहभागिता रहने छ ।

अन्तराष्ट्रिय प्रदर्शनीको मूल उद्देश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु पनि रहेको छ ।