साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा


वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन् । यस अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको नाफा घटेको छ भने ७ बैंकहरु भने नाफा बढाउन सफल भएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक कृषि विकास बैंक रहेको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्राे त्रैमासिक अवधिमा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी, समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंकले सबैभन्दा कम १३ करोड ५ लाख मात्र खुद नाफा आर्जन गरेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ७८ करोड खुद नाफा कमाएको यस बैंकको खराब कर्जा नोक्सानी वापत नै झण्डै पौने ४ अर्ब सम्भावित कर्जा नोक्सानी व्यवस्थापन गरेपछि खुद नाफामा ९२ प्रतिशतभन्दा धेरैले घटेको हो ।

S.N. Sector- Commercial Banks Q3 2080-81 Q32079-80 Difference%
1 Agriculture Development Bank  2053166.23 1041037.97 97.22
2 Laxmi Sunrise Bank Limited 1615903.00 1265345.00 27.70
3 Prime Commercial Bank Ltd. 2878764.22 2467556.93 16.66
4 Siddhartha Bank Limited 1684090.73 1490101.04 13.02
5 Himalayan Bank Limited 1948181.22 1738862.82 12.04
6 Nepal Investment Mega Bank Limited 3275277.00 3046123.00 7.52
7 Everest Bank Limited 2608464.00 2466064.00 5.77
8 Citizen Bank International Limited 1211416.81 1236061.60 -1.99
9 Standard Chartered Bank Limited 2447122.00 2610087.00 -6.24
10 Prabhu Bank Limited 1812458.00 1954625.00 -7.27
11 Nabil Bank Limited 4668029.00 5116174.00 -8.76
12 Sanima Bank Limited 1439442.81 1711613.82 -15.90
13 NMB Bank Limited 2241595.00 2682532.00 -16.44
14 Kumari Bank Limited 1052794.53 1301659.40 -19.12
15 Global IME Bank Limited 3306552.00 4358264.00 -24.13
16 Rastriya Banajya Bank 2374823.75 3576774.55 -33.60
17 Nepal SBI Bank Limited 1164177.87 1803285.80 -35.44
18 Machhapuchhre Bank Limited 855446.56 1351952.47 -36.73
19 NIC Asia Bank Ltd. 1914891.67 4014924.55 -52.31
20 Nepal Bank Limited 130509.11 1782330.00 -92.68
Total 40683105.49 47015374.95 -13.47

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।